जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार ०९:१९

पूर्वराज्यमन्त्री बिश्वकर्मा पक्राउ


काठमाडौं, असोज ७ । पूर्वराज्यमन्त्री नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले पक्राउ गरेको छ । हाल विप्लव नेतृत्वको नेकपाको उपत्यका ब्युरो ईन्चार्ज रहेका विश्वकर्मालाई हिजो साँझ प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

यसअघि माइला लामा उपत्याका ईन्चार्ज थिए । लामाको गिरफ्तारीपछि विश्वकर्माले इन्चार्जको जिम्मेवारी पाएका थिए । विश्वकर्मासँगै विप्लवका अर्का कार्यकर्ता भिम बटाला पनि पक्राउ परेका छन् । उनीहरुलाई हाल टेकु प्रहरी परिसरमा राखिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।