जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार १०:४७

जलकुम्भीले सौन्दर्य छेकेपछि सफा गरिदै फेवाताल


पोखरा, असोज ९

पर्यटकको मुख्य आकर्षण बन्ने गरेको फेवातालमा अहिले जलकुम्भीले पोखराको सौन्दर्यमै धावा बोलेको छ । तालको अधिकाशं भाग जलकुम्भीले ढाकेपछि सफाई अभियान शुरु गरिएको छ ।

वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथको सकृयतामा वृहत सफाइ गरिएको छ ।

फेवातालको सिरान क्षेत्रमा रहेको हर्पन खोलाले जलकुम्भी बगाएर तालमा ल्याएपछि जलकुम्भीले ढाकिएको हो । तालको माथिल्लो सतहमा जलकुम्भी झारले ढाकिँदा जलारीलाई माछा मार्न र डुंगा सयर गर्न डुंगा व्यवसायीहरुलाई कठिनाइ भईरहेको छ । हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ ।