जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार १५:१६

मुख्यमन्त्री शंकर पोखरेलको अपिल : लगानीका लागि प्रदेश ५ प्रतिफलयुक्त छ, ढुक्क भएर लगानी गर्नुस


रुपन्देही, असोज ९ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा लगानीको वातावरण अनुकूल बन्दै गएकोले ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ मा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले सो आह्वान गर्नुभएको हो ।

‘लगानीका लागि यो ठाउँ प्रतिफलयुक्त छ, ढुक्क भएर लगानी गर्नुस,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । प्रदेशको समृद्धिका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले अन्य प्रदेशको तुलनामा यस प्रदेशले ७ दशमलब १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु राम्रो शुरुवात भएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलन सफल बनाउन प्रदेशको दह्रोसाथ रहेको बताउनुभयो ।