जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १५:३४

नेपाल–भियतनाम द्धिपक्षीय हवाई उडानको पुनरावलोकन हुने, अब भैरहावा–भियतनाम उडान स‌ंभावना


काठमाडौं, बैशाख २२

प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामा भ्रमणबाट नेपाल–भियतनाम द्धिपक्षीय हवाई उडानको टुंगो लाग्ने भएको छ। प्रधानमन्त्री ओली यही साता भियतनाम जाँदैहुनुहुन्छ।

चार वर्षअघि दुई मुलुकबीच हवाई सेवा सम्झौंता भएको थियो। नेपालमा बौद्ध धर्मावलम्बीहरुलाई आकर्षित गर्नको लागि पनि द्धिपक्षीय हवाई सम्झौतामा पुनरावलोकन गरेर उडान टुंगो लगाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ।

काठमाडौं–भियतनाम उडानमा पुनरावलोकन गरी हस्ताक्षरको गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गौतम बुद्ध विमानस्थललाई केन्द्रित गरेर हवाई सेवा सम्झौंता पुनरावलोकन गर्न लागिएको हो। अहिले नेपाल र भियतनामबीच सीधा उडान छैन।