जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार ०६:४२

उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता, उपनिर्वाचन लड्ने, कसलाई के चिह्न ?


काठमाडौं, असोज १०   उपनिर्वाचनका लागि २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा नयाँ पार्टीको रुपमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको हो ।

तीनै तहको चुनावमा सहभागी भएका दललाई त्यो बेला प्रयोग भएकै चुनाव चिह्न यथावत रहने र त्यसपछि बनेका दलहरुलाई भने अहिले चुनाव चिह्न प्रदान गरेको आयोगले जनाएको छ । त्यस्तै तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दर्ता भएको छ । यो दलले पाँच औलासहिताको हत्केला चुनाव चिह्न पाएको छ ।

आयोगको बुधबारको निर्णयबाट साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा_, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वीपी), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल दर्ता भएका हुन् । आयोगले ती दललाई चुनाव चिह्न समेत प्रदान गरेको छ ।

नेपाली कांग्रेस, राप्रपालगायत तीनै तहको चुनावमा भाग लिएका पार्टीले भने नयाँ चुनाव चिह्न लिन नपर्ने र पुरानै चुनाव चिह्न पाउने आयोगले जनाएको छ ।