Untitled Document

नेपाली राजदूत र स्पेनका पदाधिकारीबीच भेटभाट : नेपालको पर्यटन क्षेत्रको विकासमा स्पेन सहकार्य गर्न तयार

किरण बुढाथोकी /काठमाडौं

नेपालको पर्यटन प्रबद्र्धनका लागी स्पेन सहकार्य गर्न तयार रहेको स्पेनका पदाधिकारीले बताएका छन् । स्पेन नेपालको पर्यटन प्रबद्र्धनमा सहकार्य गर्न आतुर रहेको पररास्ट्र मन्त्रालय स्पेनका एसिया, उत्तर अमेरिका तथा प्यासिफिक क्षेत्र हेर्ने महानिर्देशक फिडेल सेन्दागोर्ताले नेपाली राजदुत भरत बहादुर रायमाझीसँगको भेटघाटको क्रममा बताएका हुन ।

स्पेनका पदाधिकारीसँगको बैठक तथा छलफललाई तीब्र पार्नुभएको राजदुत रायमाझी र महानिर्देशक फिडेल सेन्दागोर्ताबीच भएको भेटभाटको क्रममा यस्तो बताएका हुन । एनआरएन युरोपका उप-सयोजक तथा नेपाल टुरिजम बोर्डका स्पेन प्रतिनिधि एकराज गिरीका अनुसार राजदुत रायमाझिले दुई देशबीच रहिआएको सम्बन्धको ५० औ बर्षगाठको अवसरमा दुर्इ देश बीचको उच्च पदाधिकारिको भ्रमणका विषयमा कुरा राख्नु भएको हो ।

नेपालको पर्यटन प्रबद्र्धनका लागी स्पेन सहकार्य गर्न आतुर रहेको महानिर्देशका फिडेल सेन्दागोर्ताले बताउनुभएको राजदुत रायमाझीलाई उदृत गर्दै नेपाल टुरिजम बोर्डका स्पेनका प्रतिनिधि एकराज गिरीले जानकारी दिए । साथै भेटसँगै दुई देश बीचमा हुँदै आएको व्यापार तथा लगानीलाई अझ विस्तार गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

राजदुत भरत बहादुर रायमाझिले परिवार पुनर्मिलन तथा अन्य भिसा समस्याका बारेमा समेत स्पेनका परारास्ट्र मन्त्रालयका पदाधिकारीलाई ध्यानआर्कषण गराउनुभएको छ । स्पेन राजदुतावास नेपालमा स्थापना गर्न आग्रह पनि गर्नुभएको थियो ।

उता महानिर्देशक सेन्दागोर्ताले भने आर्थिक मन्दीका कारण नयाँ राजदुतावास खोल्न नसकिएको र नयाँ राजदूतावास खोल्ने निर्णयसँगै नेपाललाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । अब स्पेनले केही देशमा नयाँ स्थापना गर्नेमा नेपाल पनि स्पेनको रोजाईमा रहेको बताउनुभएको थियो ।

February 9, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *