जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १७:५५

भृकुटी मण्डपमा बाह्रैमासका जुत्ताचप्पल मेला बन्द हुने


काठमाडौँ, बैशाख २२

नेपाली जुत्ता उद्योगीहरुले भृकुटी मण्डपमा सधैँभरी सञ्चालन हुने मेला बन्द गर्ने भएका छन् ।

बाह्रैमासका मेलाले स्वदेशी जुत्ताचप्पलको लोकप्रियतामा कमी आउने उद्योगीहरुले बताएका छन् ।

सधैँभरी हुने मेलाले खुद्रा बिक्रेताहरुमा निरासा पैदा हुन थालेको र स्वदेशी जुत्ताचप्पल खरिद गर्ने उपभोक्ताहरुबाट समेत नकारात्मक टिप्पणी आउन थालेको जनाइएको छ ।

भृकुटी मण्डप र कुनैपनि सार्वजनिक खुला स्थानमा सेलमेला आयोजना नगरी स्वदेशी उत्पादन प्रद्र्धनका लागि राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने व्यवसायी बीच सहमति बनेको जनाइएको छ ।