जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार ०८:१८

प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजनासहित एनआरएनए सचिवमा शुष्मा राईको उम्मेद्वारी घोषणा


काठमाडौं, असोज १५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने हुनुभएको छ । एनआरएनए आईसिसी सदस्य रहिसक्नुभएकी राईले खुला सचिवमा पदमा उम्मेदवारी दिन लाग्नुभएको हो । तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसक्ुभएकी राई एनआरएनए वृत्त विश्वभर परिचित हुनुहुन्छ ।

एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसँग अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत नेताहरु राईका समकालिन हुनुहुन्छ । उहाँले यसअघि एनआरएनए युकेकी सचिव (सन् २०११-१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभएको थियो । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लाग्नुभएको छ ।

राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुनुहुन्छ । अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उहाँ कुनै प्यानलमा लाग्नुभएको छैन । एनआरएनए मार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताउनु भयो । एनआरएनएलाई सवैको साझा र मातृभुमीको कि.बकाशमा जोडनु नै आफ्नो मुख्य लक्ष्य रहेको राईको भनाई छ ।