Untitled Document

नाटोजमा शिव अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध

काठमाडौ, माघ २९

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज ) को पाँचौँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा प्रदेश नं १ का लागि ‘शिखरपोष्ट मिडिया’का प्रकाश खालिङ, प्रदेश नं २ का लागि ‘राष्ट्रिय समाचार समिति’ का विकास लोहनी, प्रदेश नं ३ का लागि ‘राजधानी’ दैनिकका मधुजंग पाण्डे, प्रदेश नं ४ का लागि ‘रेडियो जननी’का विमला भण्डारी, प्रदेश नं ५ का लागि ‘रेडियो नेपाल’का भूषण पोखरेल, प्रदेश नं ६ का लागि ‘न्यूज २४ टेलिभिजन’का संगम बानियाँ र प्रदेश नं ७ का लागि ‘दि राइजिङ नेपाल’का नारायण उपाध्याय निर्वाचित भई संयोजक तोकिनुभएको छ ।

त्यस्तै,  महासचिवमा ‘अर्थ र व्यापार’ साप्ताहिकका नवीन काफ्ले, उपमहासचिवमा ‘रासस’का सिबी अधिकारी, सचिवमा ‘शिखरन्यूज डटकम’का सुजन पन्त, कोषाध्यक्षमा ‘मेगा टेलिभिजन’का कल्पना महर्जन र सहकोषाध्यक्षमा ‘इआर्थिक डटकम’का तिर्सना गिरी निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा ‘चक्रपथ डटकम’का कविता अधिकारी, ‘सगरमाथा टेलिभिजन’का श्रीकृष्ण सुवेदी, ‘न्यूजसेवा डटकम’का विष्णु पोखरेल, ‘अर्थको अर्थ डटकम’का शंकर पण्डित, ‘नेपाल समाचारपत्र’ दैनिकका दीपेन्द्र थापा, ‘इमेज टेलिभिजन’का भरत केसी, फोटो पत्रकार जनार्दन अर्याल र ‘जनता टाईम्स डटकम’का किरण बुढाथोकी रहनुभएको छ ।

सो अवसरमा पर्यटन धरोहर अवार्डबाट बरिष्ठ पर्यटन व्यवसायी तथा पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेलाई सम्मानित गरिएको थियो । त्यस्तै माउन्टेन डिलाइट्स टेक्स एण्ड एक्स्पीडिसनका प्रवन्ध निर्देशकसमेत रहनुभएका टुरिजम म्यान अफ दि इयर २०१७ कमल सापकोटा, हिमालयन कैलास ट्राभल्स एण्ड टुर्सका प्रवन्ध निर्देशक टासी गुरुङ, डिके ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार घिमिरे, लिभिङ एडभेन्चर टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक अनिल लामा, बरिष्ठ टुरिष्ट गाइड विष्णु ज्ञावाली र गायिका रानु निरौलालाई सम्मानित गरिएको थियो ।

त्यसैगरी नाटोजले हरेक वर्ष दिदै आएको दश हजार धनराशीसहितको नाटोज पर्यटन पत्रकारिता सम्मान २०७४ बाट रेडियो नेपालका निर्देशक गोविन्द चिमोरियालाई सम्मानित गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले पुरस्कार प्रदान गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, पर्यटन व्यवसायी सुमन पाण्डे, नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत र बोर्डकै पूर्वसञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा र नाटोजका नवनिर्वाचित अध्यक्ष शिव अधिकारीलागायतले आआफनो भनाइ राख्नुभएको थियो ।

February 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *