जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार १६:५१

सिन्धुली बस दुर्घटना अपडेट : मृतक तीनै जनाको सनाखत


सिन्धुली, असोज १८

सुनकोसी गाउँपालिका १ स्थित बीपी राजमार्गको दुम्जामा मिनी बस दुर्घटना हुँदा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ ।

दसैंका यात्रु लिएर काठमाडौंबाट सिराहा जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुम्जा नेपालथोक नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा सिरहा इनरुवा ८ का ३५ वर्षीय रामअवतार पण्डित, सप्तरी राजविराज ७ की लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । घाइतेमध्ये ५ को अवस्था जटिल छ ।