जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार १८:५३

दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइयो


काठमाडौं, असोज १८

वडादशैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ ।

गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यस अवसरमा मन्दिरका पूजारीले फुलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाइ गरेका थिए ।