जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार १२:५४

शुभसाइतमा राष्ट्रपतिद्वारा बडादशैंको टीका ग्रहण


काठमाडौं, असोज २१

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा मंगलबार विहान १०ः ३५ को शुभसाइतमा हनुमान ढोका दरबारका मुल पुजारी देवराज अर्यालको हातबाट उहाले टीका तथा जमरा ग्रहण गर्नुभएको हो ।

राष्ट्र प्रमुखलाई दशैघरको टीका तथा जमरा प्रदान गर्ने परम्परा अनुसार मुल पुजारीले राष्ट्रपतिलाई टीका लगाइदिनु भयो । त्यसलगत्तै राष्ट्रपति भण्डारीलाई आमा मिथिला पाण्डेले टीका लगाइदिनुभयो । राष्ट्रपतिलाई उहाका परिवारका ज्येष्ठ सदस्यले पनि टीका लगाइदिनु भएको थियो । आफुले टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले छोरी ज्वाइँलाई टीका र जमरा लगाइदिनुभयो ।

राष्ट्रपति भण्डारीले आजै मध्यान्ह साँढे बजेपछि प्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । त्यस्तै, २: ३० पछि शुभइच्छुक र शुभचिन्तक तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।