जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १०:२५

राष्ट्र जोगाउनले संस्था जोगाउने हिम्मत गर्नुपर्छ – पूर्वमहान्यायाधिवक्ता संग्रौला


काठमाडौं, वैशाख २३

पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले मानिसले सत्य कुरा बोल्न डराउन नहुने बताउनु भएको छ । उहाले राष्ट्र जोगाउनले संस्था जोगाउने हिम्मत पनि गर्नुपर्ने तर्क गर्नुभएको छ ।

राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा खुल्ला समर्थन गर्नुभएका संग्रौलाले सामाजिक सञ्जालमा केही गाली गलौज आएको भन्दै उनिहरुलाई जवाफ दिनुभएको हो । उहाले लेख्नुभएको छ, ‘मैले रास्ट्रपतिको पदको सम्मान गरें किनेभने उनले मैले माया गरेको मेरो राज्यको प्रमुखको हैसियत प्राप्त गरेकी छ्न।’

उहाको पछिल्लो अभिव्यक्ति यस्तो छ

मानिसले सत्य कुरा बोल्न डराउनु हुन्न। रास्ट्र जोगाउन चाहनेले रास्ट्रका संस्था जोगाउने हिम्मत गर्नु पर्छ। यो फेसबुक भनेको नेपालमा रछ्यान हो, यहाँ खुम्ले किरा पनि हुन्छ्न, प्यारासाइट पनि हुन्छ्न। फोहोर खाएर मल बनाउने गड्यौला पनि हुन्छ्न। मैले रास्ट्रपतिको पदको सम्मान गरें किनेभने उनले मैले माया गरेको मेरो राज्यको प्रमुखको हैसियत प्राप्त गरेकी छ्न। मैले लेखेको पोस्टमा थुप्रैका गाली गलौज रहेछ्न। तीन खालका मानिस रहेछ्न।

१. मन्डलेहरु। पंचायतकालमा लेखेको शब्दकोश हेर्नुहोस, त्यहा के लेखेको छ। अर्काको हित नचिताउने, अभद्र मानिस मन्डले हो।

२. भगौडा। देश छोडेर भागेकाहरुले के राम्रो र नराम्रो जान्दछ।

३. कुन्ठाले भरिएको जमात जसले चोरेर चार पास गरेको छ तेस्ले के बुझ्नु दुनियाँ । रास्ट्रका लागि यी तिनै समस्या हुन। यी संग देशको असतित्वको जोखिम जोडिएको छ। तिनै थरीले बुझुन।

. म अहिले सम्म रास्ट्रपति भबन पसेको छैन। मलाइ त्यहा बस्ने मानिसले चिन्दा पनि चिन्दैनन। मैले रास्ट्रपति भन्डारीसग आम्ने साम्ने भेटेको पनि छैन। तर म रास्ट्रपतिको पदको सम्मान गर्छु। रास्ट्रपतिलाई सामन्त राजाको जसरी बग्गी चलाउने र बाटोमा सबारी भन्दै लाखौ जन्ताको हैरानी काढने प्रचलन र बेइमानलाई पनि पदक दिने प्रचलनको म बिरोधी हुं। मैले पनि बिद्याबारिधी गरेको छु तर निबेदन दिएर पदक मैले लिइंन लिन्न। त्यसैले मण्डलेले बुझुन। म सामान्त राजाको पक्षमा छुइन। हिजो मोबाइल खोसेको बिर्सिएको छैन।

. भगौडाहरुले बुझुन। खान पाइन भने यो देशको माटो खाएर बांच्छु तर बिदेश जान्न। म राजनीति गर्दिन तर यो देश जोगाउने हजारौ बिरुवा उमार्छु। म प्राध्यापक हु। मलाइ अरु पद खोजेर हिड्नु छैन। म जेसुकै हुन सक्छु तर जोसुकै प्रध्यापक हुन सक्तैन। मलाइ कसैको चाकरी गर्नु छैन। के राजदुतको पदका कुरा गर्छौ मन्डले हो, मलाई ब्याखान दिन आमन्त्रण गरेर रातो कार्पेट बिछयांउछ्न। जागिर लाई लात हानेर हिडने ताकत छ।

. म निर्माण गर्ने मानिस हुं म भत्काउदिन। म काम गर्ने मानिस हुं श्रमको सम्मान गर्छु। म तिम्रो जस्तो भट्टीमा पसेर गुन्द्रुक र रक्सी खाने मानिस होइन।

. रास्ट्रका लागि बोल्छु। यो राज्यका संस्था जोगाउन लड्छु। घुस खाने न्यायाधीश छ्न। गालि तिनलाइ गर्ने हो न्यायापालिकालाइ होइन। के.पि. ओलिले गल्ती गर्न सक्छन, उनको आलओचना गर्न पाइन्छ। तर प्रधानमन्त्रीको पद मेरो देशको इज्जत हो। त्यसलाइ अपमान गर्ने अधिकार छैन। सांसद ल्याचे होलान् तर तिनलाइ जनताले पत्याएका छ्न। हेरेक मानिसलाई आफ्नो बिचार राख्ने अधिकार छ। बिचार राख। तर गाली गर्ने मानिस असभ्य आपाराधी हो। रछ्यानको खुम्ले किराले फोहोर खोच्छ। सफा चिज उस्लाइ घिन लाग्छ। म फेसबुक रछयान हो भनेर जानरै लेख्छु। किनकि मैले लेखेका कुरा पढन चाहानेले पढ्छ। सहमत भए पनि बिमत भएपनि उस्ले बिचार निर्माण गर्छ। छलफल गरौं। अभद्रलाई छाडा हुन नदिऔं। मैले ‘मेरो सरकार’ भनेको ठिक छ भनें। तपाईं सङ्ग तर्क छ भने पाइदैन भन्नुहोस। बहस आवाश्यक हुन्छ।

नोट : भगौडा भनेका बिदेशमा बसेर नेपालमा अर्ति दिने हुन। बिदेशमा बसेर बानेश्वरको जाममा राज्य सस्थालाई गाली गर्ने हुन। कमाउन गएकालाई लेखेको होइन। बिदेशमा बसेर सतिले सरापेको देश भन्नेलाई भनिएको हो भनेर बुज्नु होला।