जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार २०:३५

प्रधानमन्त्रीका पिताले मन्त्र पढ्न शुरु गरेपछि पण्डित नै अचम्ममा परे (भिडियोसहित)


काठमाडौं, असोज २१

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको हो ।

टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा भएपनि प्रधानमन्त्री ओलीले करीब साढे दुई बजेपछि मात्रै टीका ग्रहण गर्नुभयो । झापाबाट आउन ढिलाई भएपछि उहाले ढिलो गरी टीका लगाउनु भएको हो । टीका लगाईदिदा साथमा पुरोहित पनि थिए । पुरोहितले टीका लगाउन शुरु गर्दै गर्दा मन्त्र उच्चारण गर्न शुरु गरेका थिए । तर टीका लगाउन थालेपछि उहाले आफैं मन्त्रउच्चारण गर्न थालेपछि पुरोहित नै अचम्ममा परेर सुनिरहन बाध्य भए ।

प्रधानमन्त्रीका पिता मोहनप्रसादले ओली र बुहारीलाई दशैंको मन्त्र स्पष्टसँग उच्चारण गरेर टीका लगाइदिनु भएको हो । त्यो देखेर सबै आश्चर्यमा परेका थिए । बुबासँग टीका ग्रहण गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्य‌ादेवी भण्डारीको हातबाट टीका लगाउनु भएको थियो ।