जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १०:४०

सि भ्रमण सफल बनाउन पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफलमा प्रधानमन्त्री ओली


काठमाडौं, असोज २३

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत सहभागी हुनुहुन्छ । यस्तै पूर्व परराष्टमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, सुजाता कोइराला, प्रकाशशरण महत, रमेशनाथ पाण्डे लगायतको पनि सहभागिता छ ।

बैठकमा चिनियाँ राष्ट्रपति शीको भ्रमणका क्रममा हुने सम्झौताका बारेमा समेत छलफल भएको छ । छलफलमा चीनका लागि नेपाली पूर्व राजदूतहरू पनि सहभागी छन् । प्रधानमन्त्री ओलीले सि को नेपाल भ्रमणका विषयमा सबैलाई जानकारी गराउनु भएको छ । उहाले के गर्दा उपयुक्त हुने विषयमा सुझाव माग्नु भएको छ ।