जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार १०:५३

चिनियाँ राष्ट्रपतिको उच्च सम्मान र स्वागत गरौं – डा. भट्टराई


काठमाडौं, असोज २४

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उच्च सम्मान र स्वागत गर्न आग्रह गर्नुभएको छ ।

अतिथि देवो भवः हामी नेपालीको संस्कार रहेको बताउदै अतिथिको सम्मान गर्नुपर्ने बताउनु भयो । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले सीको भ्रमणका क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिन तथा कसैले सामाजिक सञ्जालमा दिइहालेमा त्यसलाई शेयर नगर्न पनि अनुरोध गर्नुभएको छ ।

सरकारसँगको असहमति आन्तरिक मामिला भएको भन्दै उहाँले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई उच्च सम्मान र स्वागत गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।