जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १४:०३

चिनियाँ राष्ट्रपति सी चेन्नईबाट नेपालका लागि प्रस्थान


काठमाडौं, असोज २५

चिनियाँ राष्ट्रपति सी चीनफिङ दुई दिने राजकीय भ्रमणका लागि भारतबाट नेपाल प्रस्थान गर्नुभएको छ । उहा केही समय अघि भारतको चेन्नई एयरपोर्टबाट विशेष विमानमा सवार हुनु भएको छ ।

हिजो भारतको चेन्नई पुग्नु भएका सीले त्यहा रहँदा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुभएको थियो । नेपाली समय अनुसार उहाको विशेष विमान भारतको दक्षिणी शहर चेन्नईबाट २ बजेर ०३ मिनेटमा उडेको हो ।

२३ वर्षपछि काठमाडौं उत्रन लागेको चीनका राष्ट्रपतिलाई राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो स्वागत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीले पहिलो औपचारिक स्वागत गरे पनि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँग चिनियाँ राष्ट्रपतिको भेट विमानस्थलमै हुनेछ ।

राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहितको परिचय गराउनु हुनेछ ।