Untitled Document

रामदेवको पतञ्जलीका औषधि गुणस्तरहीन, नेपालमा विक्रीवितरणमा रोक

काठमाडौ ।विश्व बजारमा नै पछिल्लो समय निकै चर्चा कमाएको रामदेव पतञ्जलीका औषधि अन्तत गुणस्तरीयहीन भएको पाइएको छ । भारतलगायत छिमेकी मुलुक र विश्वभरै रामदेवको औषधिले बजार लिइरहेको बेला गुणस्तरीयहीन भएको पाइएपछि नेपालमा भने सो ओषधि विक्री वितरणमा रोक लगाइएको छ ।

रामदेव पतञ्जलीका औषधिमध्ये आयुवेर्दीक औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण औषधिलाई नेपालम रोक लगाएको हो । नेपाल सरकारले रामदेवको पतञ्जली आयुवेर्दिक केन्द्रले उत्पादन गरेकामध्ये चार औषधिहरु नेपालमा विक्री वितरण गर्न रोक लगाएपछि यस्तो तथ्य पत्ता लागेको हो ।

रामदेव पतञ्जलीका औषधिमध्ये आयुवेर्दीक औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्ण औषधिलाई नेपालम रोक लगाएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले ती ओषधि परिक्षणको क्रममा गुणस्तरहीन भएको भन्दै तत्काल बजारमा रहेका औषधि फीर्ता गर्न र औषधि खरिद नगर्न आम सर्वसाधारणलाई अपिल समेत गरेको छ ।

विभागले स्वास्थ्यसँग सम्बन्धीत संस्थालाईसमेत त्यस्ता औषधि बिक्री वितरण गरिएको पाइए वा खरिदबिक्री गरिए कडाभन्दा कडा कारवाही गर्ने जनाएको छ । विभागका एक अधिकारीका अनुसार पतञ्जलीका ओषधि गुणस्तरहीन भएको पाइएकाले एक सूचना जारी औषधिलाई नेपाली बजारमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।

ऐन २०३५ को दफा १४ अनुसार यस्तो निर्णय गरेको सूचना प्रकाशित गरेको छ । बजारमा रहेका त्यस्ता औषधिको विवरण औषधि व्यवस्था विभागमा पेश गर्न आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई निर्देशन दिएको जनाइएको छ ।

विभागले बजारमा रहेका ती औषधि तुरुन्त फिर्ता गर्न निर्देशनसमेत ती अधिकारीले बताए । गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले उक्त केन्द्रबाट उत्पादित चार प्रकारका औषधिमा रोक लगाएको ती अधिकारीको भनाइ छ ।

विभागले औषधि ऐन २०३५ को दफा १४ अनुसार यस्तो निर्णय गरेको सूचना प्रकाशित गरेको छ । बजारमा रहेका त्यस्ता औषधिको विवरण औषधि व्यवस्था विभागमा पेश गर्न आयातकर्ता तथा उक्त कम्पनीका आधिकारीक प्रतिनिधिलाई निर्देशन दिएको जनाइएको छ ।

२३ जेष्ठ २०७४, मंगलवार १८:५८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *