जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १०:०१

चिनसँगको नयाँ समझदारीले ऐतिहासिक र युगिन अध्याय प्रारम्भ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, असोज २७

उपप्रधानमन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सि चिनपिंगको भ्रमणले नेपाल–चीनबीच नयाँ अध्याय शुरु भएको प्रतिक्रिया दिनु भएको छ । उहाले भ्रमणका क्रममा भएका सहमतीहरुले ऐतिहासिक महत्व राख्ने बताउनु भयो ।

सामाजिक सञ्जालबाट प्रतिक्रिया दिदै उहाले विगतमा कहिल्यै समस्या नपरेको दुई देश नेपाल र चीन विचको मित्रतालाई परिवर्तित सन्दर्भमा निरन्तरता दिने र त्यसलाई नयाँ उचाइ दिने काम भएको उल्लेख गर्नुभएको छ । यसैगरी सहयोग सम्बन्धी नयाँ समझदारीले ऐतिहासिक र युगिन अध्याय प्रारम्भ भएको बताउदै वर्षौंदेखिका नेपाली जनताका मुर्छित सपनाहरूलाई जागृत बनाउने र भौतिक रूपमा साकार पार्ने थप आधार बनेको बताउनु भयो ।

सत्तारुढ नेकपाका स्कुल विभाग प्रमुख समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले विश्वव्यापी र क्षेत्रीयस्तरमा प्रारम्भ भएको सकारात्मक पहलसित नेपाल जोडिन पुगेकाले अब साहसिक पहलकदमी, व्यवस्थित योजना र एकतावद्ध प्रयत्नको आवश्यकता रहेको खाँचो औल्याउनु भएको छ । साथै उहाले सबै यही दिशामा अगाडि बढ्नु आवश्यक उल्लेख गर्नुभएको छ ।

यस्तो छ समाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि चिन पिंगको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । यस अबसरमा ऐतिहासिक महत्व राख्ने सहमतीहरू भएका छन् । यी सहमतीबाट विगतमा कहिल्यै समस्या नपरेको दुई देश नेपाल र चीन विचको मित्रतालाई परिवर्तित सन्दर्भमा ‬निरन्तरता दिने र त्यसलाई नयाँ उचाइ दिने काम भएको छ ।
–सहयोग सम्बन्धी नयाँ समझदारीले ऐतिहासिक र युगिन अध्याय प्रारम्भ भएकोछ ।‬
–वर्षौंदेखिका नेपाली जनताका मुर्छित सपनाहरूलाई जागृत बनाउने र भौतिक रूपमा साकार पार्ने थप आधार बनेकोछ । ‬
–विश्वव्यापी र क्षेत्रीयस्तरमा प्रारम्भ भएको सकारात्मक पहलसित नेपाल जोडिन पुगेको छ, त्यसैको अभिन्न अंग बन्न पुगेको छ ।
–अब साहसिक पहलकदमी , व्यवस्थित योजना र एकतावद्ध प्रयत्नको आवश्यकता छ । हामी सबै यही दिशामा अगाडि बढ्नु आवश्यक छ !
यस सम्वन्धमा कसैले पनि अन्य तुच्छ टिकाटिप्पणी नगर्दा नै राम्रो !