जनता टाइम्स

२८ आश्विन २०७६, मंगलवार १५:१४

आफ्नै साथीलाई छुरा प्रहार गर्ने पक्राउ


धरान, असोज २८

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए ।

उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

आजै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमा छुरा प्रहार भएको थियो । सविनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।