जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १४:२७

भरतमोहनको स्मृतीमा जेष्ठ नागरिक सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर


काठमाडौं, बैशाख २३

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मृतीमा जेष्ठ आमाहरुलाई सम्मान तथा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ।आईतबार सानेपामा आयोजित उक्त कार्यक्रमको उद्घाटन उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वर्गीय भरतमोहन अधिकारी एक अनुकरणीय नेता रहेको बताउँदै स्वर्गीय अधिकारीको सिको गर्न सकेको खण्डमा देशले छिट्टै समृद्धि हासिल गर्ने बताउनु भयो ।

कार्यक्रममा पूर्वमन्त्री युवराज ज्ञवाली, सांसद सोमप्रसाद पाण्डे, सांसद कोमल वली लगायतले स्वर्गीय भरतमोहन अधिकारी ज्येष्ठ नागरीकप्रति निकै सदासयता राख्ने नेता भएको चर्चा गर्दै देशको सामाजिक एवं आर्थिक क्षेत्रमा उहाँले पुर्याएको योगदान स्मरणिय रहेको औल्याएका थिए ।

कार्यक्रममा सभापतिको आसनबाट बाल्ने क्रममा पूर्व सांसद लक्ष्मिदास मानन्धरले स्वर्गीय अधिकारी इमान्दार, त्यागी र निष्ठावान राजनेता भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकहरुको जीवनको ठुलो साहाराको रुपमा रहेको वृद्द भत्ता जस्तो सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्नु निकै सुन्दर पक्ष रहेको बताए ।

कार्यक्रम माझ करिव दुई सय जनाजेष्ठ आमाहरु सम्मानित भएका थिए । जेष्ठ आमाहरुलाई खादा, प्रशंसापत्र, वस्त्र आदीले सम्मान गरिएको थियो । त्यसैगरि सोही प्रागंणमा निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, हाड जोर्नी आदीको चेक जाच तथा निशुल्क रुपमा नै औषधी वितरण गरिएको थियो । त्यसैगरि कार्यक्रममा सौन्दर्य क्षेत्रमा सेवारत फेसियल हाउसले निशुल्क रुपमा जेष्ठ आमाहरुको केश सज्जा गरेको थियो ।

कार्यक्रम मनमोहन स्मृती प्रतिष्ठानको आयोजना र वरिष्ठ नागरिक सेवा समाज सानेपा, ईश्वरलाल फाउन्डेसन काठमाडौं एवं स्टार हस्पिटल लिमिटेड सानेपा, ललितपुरको प्रायोजनमा संचालनमा आएको हो ।