जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार १७:०६

निदान अस्पतालका सिइओसहित पाँच पक्राउ


काठमाडौं, असोज २९

मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जना पक्राउ परेका छन् । उनिहरुले नक्कली व्यक्ति खडा गरेर एक व्यक्तिको मिर्गौला अर्को व्यक्तिलाई प्रत्यारोपण गरेका थिए ।

पक्राउ पर्नेमा काठमाडौं–२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका(९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन्।

भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन् । उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री गरिएको प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ ।