Untitled Document

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्धारा स्रष्टाहरु वासुदेव त्रिपाठी-माया ठकुरी-मणि लोहनी र मोहन दुवाल सम्मानित

काठमाडौं, फागुन १७

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कलाश्री सम्मान प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ। त्रिपाठीसहित अन्य दुई विधामा थप दुई साहित्यकारलाई समेत पुरस्कार प्रदान गरेको छ । राजधानीमा एक विशेष कार्यक्रम गरी प्रतिष्ठानले नेपाली भाषा साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान गरेबापत त्रिपाठीलाई राष्ट्रिय कलाश्री सम्मान प्रदान गरेको हो ।

यसैगरी प्रतिष्ठानले रु एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ कथाकार माया ठकुरी रु ५० हजार राशिको ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि मणि लोहनी र रु २५ हजार राशिको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार मोहन दुवाललाई प्रदान गरेको छ। वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त सम्मान तथा पुरस्कार प्रदान गर्दै निजी क्षेत्रबाट सञ्चालन गरिएको उक्त संस्थाले नेपाली कला, साहित्यको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै संगीत क्षेत्रको प्रवद्र्धनका लागि पनि कार्य गर्न सुझाव दिए। संस्थाका अध्यक्ष मोमिला जोशीले १० वर्षदेखि हरेक वर्ष नेपाली भाषा साहित्य, कलासंस्कृति र संगीतको विकासमा योगदान गर्ने साधकलाई यस किसिमको सम्मान प्रदान गरिँदै आएको बताउनु भयो ।

March 1, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *