जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार ०८:३७

सीको नेपाल भ्रमणबारे प्रधानमन्त्री ओली : मित्रता, कनेक्टिभिटी र विकास प्राप्त गरेका छौं  (अन्तरवार्ता)


नेपालमा लामो समयपछि चीनका राष्ट्रपतिको भ्रमण भएको छ, कत्तिको सफल भएको ठान्नुहुन्छ ?

लामो समयपछि चिनियाँ राष्ट्रप्रमुखको भ्रमण भएकाले मात्र यो महत्त्वपूर्ण होइन । चीन एउटा ‘सुपरपावर’ कै रूपमा प्रकट भइसकेको अवस्थामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विशेष महत्त्व राख्छ । मैले सधैं भन्ने गरेको छु, मुख्य कुरा मित्रता हो । अहिले हामीले जुन उपलब्धिहरू हासिल गरेका छौं, विश्वासको मित्रता स्थापित गर्न सकेकाले नै हो ।
आन्तरिक रूपमा हाम्रा तीनवटा अपेक्षा थिए- मित्रता, ‘कनेक्टिभिटी’ र विकास । त्यो प्राप्त गरेका छौं । हामीले कनेक्टिभिटी बढाउन र सहज बनाउन खोजेका हौं । त्यो बाटो राम्ररी नै समातेका छौं, रेल-वे होस् वा सुरुङमार्ग । टोखा-छहरे सुरुङ र बेत्रावती-स्याफ्रुबेंसी सुरुङमार्ग, यो पहिला मान्छेहरूले सोचेको विषय होइन । तर अहिले हामी यो बाटोमा प्रस्थान गरेका छौं । किमाथाङ्का सबै मौसममा चल्न सक्छ । त्यो योजनामा परेको छ । कोसी, गण्डकी र कर्णाली करिडोर, सुर्खेत-हिल्सा, कोरला नाका, रसुवागढी सुरुङ( यस्ता धेरै पूर्वाधार निर्माणमा सम्झौता भएको छ ।

कनेक्टिभिटीमा पहिला रेलको चर्चा बढी हुन्थ्यो, यसपालि सडक आएजस्तो देखियो । रेल र सडक परिपूरक हुन् कि छुट्टाछुट्टै विकल्पको रूपमा हेरिएको हो ?

सडकचाहिँ छिटो हुने कुरा हो । सुरुड मार्ग पनि छिट्टै हुन्छ ।

छिटो भनेको कहिलेसम्म ?

सुरुङमार्ग ३-४ वर्षमा हुन सक्छ तर रेलवेचाहिँ त्यति छिटो नहुन सक्छ । राष्ट्रहरूले एकछिन्का लागि मात्र काम गर्दैनन्, भविष्यका लागि गर्छन् । अहिले तत्काल रेल सम्भव भएन भने अलि पछि सम्भव हुन्छ । पहिले तिब्बतमा रेल आउन सम्भव थिएन तर अहिलेको जमानामा सम्भव भयो । त्यसअनुसारको प्रविधि विकास भयो । रेलका लागि अहिले समय लाग्न पनि सक्छ । हामी त्यही लामो समय लाग्ने कुरामा मात्र जिद्दी गरेर बस्यौं भने केही पनि हुँदैन । त्यसैले अहिले हुने कुरा गर्दै जानुपर्छ । अलि ढिलो हुने कुरामा प्रयास अघि बढाउँदै लैजानुपर्छ । तर हामीले रेलमा कम जोड दिएको होइन । संयुक्त वक्तव्यमै त्यो उल्लेख छ । मैले सन् २०१६ र २०१८ मा जुन कुरा गरेको थिएँ, अहिलेको सहमतिमा पनि त्यसको निरन्तरता छ ।

केरुङ(काठमाडौं रेल प्राविधिक र भौगर्भिक दृष्टिले अप्ठेरो छ, ऋणपासोमा पर्ने जोखिम पनि छ, त्यसैले नेपाललाई यस्तो रेल आवश्यक छैन भन्ने तर्कबारे के भन्नुहुन्छ ?

मलेसियामा ‘ट्वीन टावर’ बनाइँदै गर्दा त्यहाँ महाथीर (मोहम्मद) लाई विकासशील मुलुकको सारा पैसा चुच्चेघर ठड्याएर समाप्त पारिदियो भन्ने आरोप थियो । अहिले त्यो विकासको एउटा प्रतीक बनेको छ । थाइल्यान्डले टावर बनाउँदा पनि बेकारमा त्यो किन बनाउने भनिएको थियो । अहिले त्यो आम्दानीको ठूलो स्रोत बनेको छ । मलेसियामै ८०-८२ किलोमिटर टाढा एयरपोर्ट बनायो, यति टाढा चल्दैन भनेर मान्छेले आलोचना गरे । अहिले ५५ मिनेटको ‘ड्राइभ’ मा पुगिन्छ । यूएईमा पनि बुर्ज खलिफा किन बनाइयो भन्नेहरू थिए । सन् १९०३ मा राइट दाजुभाइहरूलाई पागल भन्थे, आकाशमा चरा उडेको देखेर हवाई जहाजको कल्पना गर्छन् भन्थे ।

हामीकहाँ कोदारी राजमार्ग किन चाहियो ? यो सम्भव छैन भन्थे । पूर्व-पश्चिम राजमार्ग चाहिँदैन भन्नेहरू पनि थिए । अहिले मध्यपहाडी राजमार्ग, ‘फास्ट ट्र्याक’ किन चाहियो भन्नेहरू छन् । ‘ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी’ का बारेमा मान्छेले विस्तारै बुझ्दै जान्छन् । हामीलाई रेल चाहिन्छ कि चाहिन्न भन्ने कुरा मान्छेले पछि थाहा पाउँछन् । हामीले दक्षिणबाट पनि रेल ल्याउने र उत्तरबाट पनि ल्याएर काठमाडौंमा जोड्ने भनेका छौं ।

दुवैतर्फका रेल जोड्ने नै भनेको हो ?

जोडिनु ठीक छ । यता (चीन) बाट पनि काठमाडौंमा आउँछ, उता (भारत) को पनि आउँछ ।

चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच नेपाललाईुटु प्लस वान’ को अवधारणाबाट हेर्ने कुरा भएको सुनिन्छ, यसमा तपाईंको धारणा के हो ?

‘टु प्लस वान’ होइन, ‘थ्री’ नै हो । किन टु प्लस वान मान्ने ? सिंगापुर सानो छ तर टु प्लस वान भनेर मान्छ कसैसँग ? मान्दैन नि ! उसको अर्थतन्त्र दह्रो छ, कसैले टु प्लस वान भन्यो भने स्विकार्दैन । त्यसैले अब टु प्लस वान होइन, ठ्याक्कै थ्री, त्रिपक्षीयमा जाने हो । त्रिपक्षीय साझेदारीमा विकासका साझा प्रयास सहकार्य हुनुपर्छ । मान्छेहरूलाई अनौठो लागेको छ, कसरी भारतसँग यस्तो बराबरीको, सार्वभौम समानताका आधारमा मित्रतापूर्ण सम्बन्ध सम्भव भयो होला रु कतिलाई लागेको होला, चीनजस्तो देशसँग बराबरीको सम्बन्ध कसरी भयो होला रु चिनियाँ राष्ट्रपति सी चिनफिङको तपाईंहरूकै पत्रिकामा निस्किएको आलेखले हाम्रो कुन तहको, कुन हैसियतको सम्बन्ध छ भन्ने कुरालाई स्पष्ट पार्छ । ९त्यसमा० चिनियाँ राष्ट्रपतिले औपचारिक भाषा मात्र बोल्नुभएको छैन, मित्रताको भाषा बोल्नुभएको छ । ‘मेरा मित्रहरूसँगको भेटघाट’ भन्नुभएको छ । भारतीय प्रधामन्त्रीले पनि इन्धन पाइपलाइनको उद्घाटन क्रममा मित्रताको सम्बोधन गर्नुभएको थियो । अब चीन र भारत दुवैसँग हाम्रो सम्बन्ध कूटनीतिक मात्र होइन, त्यसभन्दा माथिको हो ।

हाम्रोमा भारतसँग राम्रो सम्बन्ध भयो भने चीनसँग चिसो हुने, चीनसँग भयो भने भारतसँग चिसिने गरेको इतिहास छ । अहिलेचाहिँ बराबरीको सम्बन्ध राख्यौं भन्न खोज्नुभएको हो ?

हामी एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौं । बाहिर एकखालको कुरा गर्ने र भित्र(भित्र अर्को खालको गतिविधि गर्दै हिँड्ने, बाहिर मित्रता भन्ने, भित्र अर्को प्रकारको कैंची चलाउने काम गर्दैनौं । हामी बाहिर जे भन्छौं, भित्र त्यही गर्छौं । हामीले सबैसँग मित्रता, कसैसँग शत्रुता छैन भनेका छौं । हामी चिनियाँ वा भारतीय कार्ड खेल्ने कुरामा विश्वास गर्दैनौं । मित्रहरूका बीचमा कार्ड खेल्ने भनेको धोका दिने, छक्याउने कुरा हो । सम्बन्ध सफा र पारदर्शी हुनुपर्छ ।

अलि अगाडि भारत गइयो, भारतका प्रधानमन्त्री नेपाल आउनुभयो, चीन कहाँ रिसायो रु मोदीजी आउँदा चीन त रिसाएन १ चीनसँग २० वटा सम्झौता गर्‍यौं, त्यसको पर्सिपल्ट भारतले महत्त्वपूर्ण सम्झौता गर्‍यो । हामीले चीनसँग सम्झौता गर्दा भारतविरुद्ध गरेका छैनौं, भारतसँग गर्दा चीनविरुद्ध गरेका छैनौं । बरु उहाँहरूबीच सम्बन्ध बढाउन योगदान गर्न चाहन्छौं ।

त्यो कसरी ?

एक खालको असमझदारी भयो भने दुईतिर कुरा गरेर यस्तो असमझदारी नराख्नुहोस् भन्न सकिन्छ । दुइटामा तनाव बढ्यो भने ‘ल मामा बल गर’ भनेजस्तो हामी गर्दैनौं ।

तपाईंले टु प्लस वान, होइन त्रिदेशीय साझेदारी भन्नुभयो । यो कुन(कुन क्षेत्रमा हुन सक्छ ?

जलस्रोत, उड्डयन, दूरसञ्चारलगायत लगानीका अरू क्षेत्र छन् । जनस्तरका शिक्षा, संस्कृतिका थुप्रै कुरा छन्, जसले निकटता बढाउन मद्दत गर्छ ।

नेपाल(चीनको संयुक्त वक्तव्यमा दुई मुलुकको सम्बन्धुरणनीतिक साझेदारी’ मा उक्लिएको भन्ने छ । यसको अर्थ र औचित्य के हो ?

रणनीतिक साझेदारी भनेको कुनै सैन्य गठबन्धन होइन । कुनै राजनीतिक ‘अलायन्स’ पनि होइन । यो आर्थिक(सामाजिक विकासका लागि हो । रणनीतिक साझेदारीभित्र मित्रता, कनेक्टिभिटी र विकास पर्छ । यसभित्र सांस्कृतिक आदानप्रदान, शिक्षा, स्वास्थ्य, आर्थिक साझेदारी र विकासका विभिन्न क्षेत्र पर्छन् । यो एउटा आयोजनाविशेष मात्र होइन । अहिले हामी स्याफ्रुबेंसी खण्डको सर्भे गर्छौं । यो त्यतिमै टुंगिँदैन । त्यसपछि निर्माण टुंग्याएपछि यसको प्रयोग गर्छौं । प्रविधि जोडिन्छ । मानिसको आवागमन जोडिन्छ । त्यसैले यो दीर्घकालीन र बहुआयामिक छ । यो मित्रताको माथिल्लो उचाइ हो । यही कुरा यही भाषामा हामी भारतसँग पनि गर्छौं ।

भारतसँग पनि यस खालको रणनीतिक साझेदारी हुन्छ ?

हुन्छ । भारतसँग पनि हामी यस्तो साझेदारी गर्छौं ।

तपाईंले चीनका राष्ट्रपति सीलाई पटक(पटक भेट्नुभएको छ । व्यक्तिगत रूपमा कस्तो पाउनुभयो रु उहाँ त्यति मुस्कुराएको पनि देखिँदैनथ्यो, काठमाडौंमा त निकै मुस्काएको पनि देखियो ?

(सी) काठमाडौं भ्रमणबाट काफी प्रशन्न हुनुहुन्थ्यो । एकलौटी योगदान, दुईतर्फी प्रशन्नताजस्तो थियो । किनभने ‘रेसिप्रोकेट’ गर्न हामीसँग केही थिएन । हाम्रो मनमा मित्र र मैत्रीभाव छ है भन्नेबाहेक हामीसँग दिने त केही थिएन । दिने त उहाँहरूले हो । दिँदै प्रशन्न हुनुहुन्थ्यो ।

‘टु प्लस वान’ होइन, ‘थ्री’ नै हो । किन टु प्लस वान मान्ने ? सिंगापुर सानो छ तर टु प्लस वान भनेर मान्छ कसैसँग ? मान्दैन नि ! उसको अर्थतन्त्र दह्रो छ, कसैले टु प्लस वान भन्यो भने स्विकार्दैन । त्यसैले अब टु प्लस वान होइन, ठ्याक्कै थ्री, त्रिपक्षीयमा जाने हो । त्रिपक्षीय साझेदारीमा विकासका साझा प्रयास सहकार्य हुनुपर्छ 

चीनको व्यवहार कहीं(कतै दबाबजन्य थिएन । हाम्रो समस्या यो हो भनेपछि, ‘समस्या पर्छ भने त्यसलाई छोड्दिऔँ’ भन्ने कुरा उताबाट आयो । दबाब, धम्कीको कुरा छैन । ठूलो देशसँग व्यवहार गर्दा प्रायस्‘अन्डरमाइन’ गर्ने, भेटका दौरान छ्यास्स असमान व्यवहार गर्ने हुन सक्छ । तर चीनसँगको व्यवहारमा यस्तो पाइँदैन । मैले मोदीजीसँगको व्यवहारमा पनि त्यो पाएको छैन । पहिले(पहिले अलि ‘फिल’ हुन्थ्यो भारतसँग कुरा गर्दा । अलि असमानता झल्किने खालको लाग्थ्यो । तर मोदीजीसँग त्यस्तो लाग्दैन । सी चिनफिङसँगको सम्बन्धमा पनि त्यस्तो लाग्दैन ।

सीले राजकीय भोजमा बोल्दा त घुमाउरो ढंगले नेपालमा योजना कार्यान्वयनमा समस्या रहेको कुरा उठाउनुभयो । यसलाई कसरी लिनुभएको छ ?

उहाँले भनेको त्यो कुरा ठीक हो । हाम्रो पुँजीगत खर्च कम हुने गरेकै समयमा आयोजनाले गति नलिएर हो । उहाँले ‘हामी जे थाल्छौं, त्यो पूरा गर्छौं’ भन्नुभएको छ । त्यो आयोजनाका सम्बन्धमा ‘साझा प्रतिबद्धता यस्तो हुनुपर्छ’ भन्ने सन्देश पनि हो । हाम्रो सन्दर्भमा त्यो सुझाव हो । उहाँहरूले गरेका सहयोग पनि हामीले समयमा अघि बढाउँदैनौं । हाम्रो देश विकास गर्नुपर्ने, हामी हतारिनुपर्ने तर हतारिँदैनौं । यो अवस्थाचाहिँ छ । (कान्तिपुर)