जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १०:३७

बौद्धमा धमाधम नक्कली नोट छापिएपछि…


काठमाडौं, कात्तिक ४

राजधानीको बौद्धमा नक्कली नोट छाप्ने गरेको रहस्य खुलेको छ । प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो ।

बौद्धस्थित नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनाको साथबाट ५० हजार रुपैयाँ बराबरका नोट पनि बरामद भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम र विवरण भने सार्वजनिक गरेको छैन । दशैंका समयमा उनीहरुले नक्कली नोटलाई बजारमा पुर्‍याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।