जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १३:०३

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प


सिड्नी, कात्तिक ४

भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो ।

सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन ।