जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १६:४९

रेष्टुरेन्टभित्र छिर्यो अनियन्त्रित कार


ललितपुर, कात्तिक ४ । ललितपुरको कुपन्डोलमा कार अनियन्त्रित भइ रेष्टुरेन्ट भित्रै छिरेको छ ।

आज दिउँसो मुनिराज उपाध्यायले चलाएको प्रदेश ३ बिएए ३०६९ नम्बरको इलेक्ट्रिक कार अनियन्त्रित भइ कुपन्डोलको एनपीपी फुड सर्भिस एन्ड बर्गर हाउस भित्र छिरेको हो । रेष्टुरेन्ट भित्र कार पस्दा कफि मेसिन र कम्प्युटरमा क्षति पुगेको छभने चालक उपाध्याय सामान्य घाइते भएका छन् । घाइते उपाध्यायलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।