जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १६:४७

चित्लाङबासीलाई खुसीको खवर, प्रधानमन्त्रीले गर्नुभयो यस्तो खुलासा


काठमाडौं, कात्तिक ४

नेपाल सुरुङमार्गबाट प्रवेश गर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि अब धमाधम सुरुङमार्ग निर्माणका चरणमा प्रवेश हुन थालेको छ । नेपालकै पहिलो सुरुङमार्गको निर्माणको औपचारिक शिलन्यास सोमबारबाट शुरु भएको हो ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चित्लाङबासीलाई खुसीको खवर दिनु भएको हो । उहाले काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ पाँच मिनेटमा पुग्ने गरी बाटो बनाउन लागिएको जानकारी गराउनु भयो । उहाले थानकोटबाट चित्लाङसम्म सुरूङ निर्माणको सर्वे भइरहेको बताउनु भयो ।

‘अलिकति समय लाग्छ। पाँच मिनेटमा यहाँ (थानकोट)बाट चित्लाङ पुगिनेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सर्वे भइराखेको छ ।’ अहिले थानकोटबाट चित्लाङ पुग्न पन्ध्र किलोमिटरको उकालो आरोलो बाटोका लागि एक घण्टा समय लाग्ने गरेको छ ।