जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १६:५७

देखिन थाल्यो कानूनी राज, सत्तारुढ नेकपाकै नेता पक्राउ


काठमाडौं, कात्तिक ४ । आफ्नो पार्टीको सरकार छ भन्दै तोडफोडमा उत्रने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै एक नेता पक्राउ परेका छन । कानूनबिपरित काम गरेपछि प्रहरीले नेकपा दाङका सचिवालय सदस्य विवेक श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठमाथि राप्ती स्वास्थ्य जिबज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार र प्रहरीमाथि हातपात गरेको आरोप छ । दाङ प्रहरीमा मुद्दा दर्ता भएपछि फरार रहेका श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको हो । श्रेष्ठको नाममा प्रशसनले तीन महिने वारेन्ट जारी गरेको थियो । श्रेष्ठलाई कैलालीको भजनीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी राज कायम गर्नु सरकारको पहिलो कर्तब्य भएको भन्दै पक्राउ गर्दा पद, अनुहार वा हैसियत नहेर्न निर्देशन दिएपछि प्रहरीले अभियोग लागेका जोकोहीमाथि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।