जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १८:४१

काठमाडौं महानगरले दियो फुटबल क्लवलाई अनुदान


काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका बी र सी डिभिजन फुटबल क्लबलाई अनुदान दिएको छ । आज आयोजित एक कार्यक्रमबीच महानगरपालिकाले बी डिभिजनलाई तीन लाख र सी डिभिजनलाई दुई लाख अनुदान दिएको हो ।

यसरी अनुदान पाउने क्लबहरुमा बी डिभिजनका अन्नपूर्ण क्लब, टुसाल युवा क्लव, कुमारी युवा क्लब, बाँसबारी युवा क्लब छन् भने सी डिभिजनका सानो गौचरण क्लब, महाविर क्लब, समाज कल्याण खेलकुद क्लब प्लानिङ वाइज युनाइटेड, स्वयम्भु क्लब, मनोहर एकीकृत क्लब र समाजिक युवा क्लब रहेका छन् ।

अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टिमले जित्दा मात्र आफुले पनि जित्ने र टीमले हार्दा आफूले पनि हार्ने भएकाले खेलाडीहरुले टीमले जित्ने गरी खेल्नु पर्ने भन्दै राजनीतिमा पनि त्यही नियम लागु हुने बताउनुभयो । उहाँले आगामी दिन खेलकुदको विकासर पूर्वाधारमा माहानगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपमयेयर हरिप्रभा खड्कीले महिलाहरुको पनि खेलकुदको विकास गर्नुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले पनि खेलकुदको विकासमा महानगर लाग्ने बताउनुभयो । एन्फाका अध्यक्ष कर्माछिरिङले महानगरपालिकाले खेलकुदको विकासमा गरेको सहयोगको खुलेर प्रसंशा गर्नुभयो ।

उहाँले महानगरको सामाकि विकासमा खेलको क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । यस अघि महानगरभित्रका ए डिभिजनका क्लबलाई काठमाडौँ महानगरपालिकाले १०–१० लाख सहयोग गरेको थियो ।