जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १०:०५

शिक्षिकाले नै बिदार्थीलाई यौन उत्तेजित पार्ने भिडियो पठाएपछि..


काठमाडौं, कात्तिक ५ । सोह्र बर्षीय एक बिद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको अभियोगमा शिक्षिका नै पक्राउ परेकी छन । छात्रमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा तीशिक्षिकालाई गिरफ्तार गरिएको हो । अमेरिकाकारे फ्लोरिडास्थित एक विद्यालयकी शिक्षिकालाई १६ वर्षीय छात्रमाथि यौनशोषण गरेको आरोपमा गिरफ्तार गरिएको समाचार एजेन्सीहरुले जनाएका छन ।

आरोपित गणित विषयकी शिक्षिका हुन । ४० वर्षीया ती शिक्षिका विद्यालय इन्चार्जकी साली भएको पनि बताइएको छ । पीडित विद्यार्थीले विद्यालयका प्रिन्सिपललाई आफ्नो सेलफोन देखाएपछि शिक्षिकाले यौन दुर्ब्यवहार गरेको घटना बाहिर आएकोहो । सो दृष्य देखेपछि प्रिन्सिपल अचम्मित भएका थिए । त्यसपछि उनले प्रहरीलाई जानकारी दिएका थिए ।

छात्रको सेलफोनमा शिक्षिकाले आपत्तिजनक भिडियो तथा फोटोहरु पठाएकी खुलेको छ । जसका कारण उनी ती १६ वर्षीय विद्यार्थीलाई यौनका लागि उत्तेजित बनाउन चाहान्थिन् । आरोपित गणित विषयकी शिक्षिकाले विद्यार्थीमाथि इन्टरकोर्स गरेको तथा यसका लागि नाबालिगलाई निसाना बनाएको मामिलामा अनुसन्धान सुरु भएको छ ।