Untitled Document

यसकारण जरुरी थियो राष्ट्रपति भण्डारीको निरन्तरता : एमालेले लियो सही समयमा सही निर्णय

बैठकमै सहभागी शाक्य स्वयंले यस बिषयमा मुख खोल्नुभएन । यही आधारमा भण्डारीको बिकल्प छैन भन्ने निश्कर्षमा एमाले नेताहरु पुगेका हुन । राष्ट्रपतिको रुपमा समेत भण्डारीले संबिधानअनुसारको भुमिका निर्वाह गरी आफूलाई निर्विवाद राख्नुभयो । दोषी चस्मा लगाएका अशहिष्णु जमात भन्दा बाहेक राष्ट्रपतिका रुपमा भण्डारीले निर्वाह गरेको भुमिकालाई कँही कतै नराम्रो वा संबिधानबिपरित फेला पार्न सकेनन । त्यही आधारमा संबिधान कार्यान्वयनको चुनौतीपुर्ण भारी बोकेर २०७२ साल कात्तिकमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकी भण्डारीलाई नै निरनतरता दिने निर्णय एमालेले गर्यो

२०७४ साल, फागुन २२ को अन्तिम सेकेन्डसम्म पनि राष्ट्रपति चयनको बिषयलाई लिएरु सत्तारुढ एमालेभित्र गरमागरम बहश चलिरहेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्थायी कमिटीका २२ जना नेताहरु राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्ने सर्वोत्कृष्ट बिकल्प र उपयुक्त पात्रबारे बहश गरिरहेका थिए । फागुन २२ को अन्तिम समय ११ बजेर ५९ मिनेट, ५९ सेकेन्डसम्म पनि बहश जारी थियो । सवै नेताहरु बहशमा उर्जावान देखिए । जव फागुन २३ को समय सुरु भयो, बैठकले सर्वसम्मत रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने निर्णय लियो ।

बैठकमा सहभागी सो पदका आकांक्ष पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको निर्णायक प्रस्तावमा सहमत जनाउनु भयो । दिनभरको हल्लापछि बैठकमा सहभागी सवै नेताको सुझावपछि अध्यक्ष ओलीले भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने प्रस्ताव राख्नुभयो । उहाँको प्रस्तावलाई खनाल स्वयंले सहमति जनाएपछि अरु सवैले राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेदवार बनाउने ब्यक्तिको बिषयमा असहमति वा छलफल नगर्ने सहमति नेताहरुले गरे । यो निर्णय फागुन २३ सुरु भएको चौथो मिनेमा भएको थियो अर्थात आठ घण्टा लामो बैठकपछि राती १२ बजेर ४ मिनेट जाँदा राष्ट्रपतिमा भण्डारी नै दोहोरिने निर्णय भयो । तर माइन्युटमा लेखियो, ‘राष्ट्रपति निर्वाचनमा महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने ।’

एमालेको यो निर्णय राष्ट्रप्रमुखको गरिमालाई ख्याल गरेर लेखिएको थियो । अध्यक्ष ओलीले यो निर्णय सुनाएलगत्तै बरिष्ठ उपाध्यक्ष बामदेव गौतम बैठक कक्षबाट घरतर्फ लाग्ने हिडनु भयो । बाहिरिने क्रममा गौतमले आफू केही नबोल्ने भन्दै प्रचार बिभाग प्रमुख योगेश भट्टराईले १० मिनेटपछि जानकारी दिने बताउनु भयो । बालुवाटारमा मध्इरातीसम्म कुरेका सञ्चारकर्मीले ‘तपाइ जस्तो नेताबाट आएको यो कुरा त ब्यक्ति सुहाउँदो कुरा भएन कामरेड’ भन्न साथ गौतमले निर्णइ खोल्नुभयो, सवै क्यामरा बन्द गरेर सोध्नुहुन्छ भने मात्रै भन्छु, सूचनाका भोका पत्रकारले सहमति जनाएलगत्तै गौतमलले भन्नुभयो, ‘मलाई नबोल्नु भन्ने आदेश छ, त्यसैले नखिन्नुहोला भनेको हो, निर्णय चाँही सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीलाई निरन्तरता दिने र उम्मेदवारीमा समर्थन गर्ने भएको छ ।’

स्थायी कमिटीका एक सदस्यका अनुसार भण्डारीलाई निरन्तरता दिने कुरा एमालेको ‘सही समयको सही निर्णय’ हो । माओवादी केन्द्रसँग पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा रहेको बेला भण्डारीलाई निरन्तरता नदिँदा एकतामै अवरोध आउने अवस्था थियो । माओवादीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय लिइसकेको थियो भने माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिना अघि नै एमाले अध्यक्ष ओलीसमक्ष राष्ट्रपति, उपराष्ट्रपति दोहोर्याउनु पर्ने प्रस्ताव गरेका थिए

गौतमले यो जनाकारी दिँदा १२ बजेर ७ मिनेट गएको थियो । उहाँ छोटो जानकारी दिएलगत्तै बालुवाटार छाडनु भयो । त्यस्को झण्डै २० मिनेटपछि बैठक सुकाएर एमाले नेता बाहिरिए । प्रचार बिभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले खनालले दिएकै सूचना दोहोर्याउनु भयो । ‘आठ घण्टा लामो बैठकले सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राष्ट्रपतिका रुपमा निरन्तरता दिने निर्णय लिएको छ ।’ आठ घण्टा लामो बैठक भन्ने सुनेपछि केही त बहश भयो होला भन्दै थप जिज्ञासा राख्दा भट्टराईले सवै नेताको धारणा सुनेर सर्वसम्मत निर्णय लिन समय लिएको जनाउ दिए ।

बाहिरिने क्रममा एमाले स्थायी कमिटीमा रहेका २२ नेता र आयोगका चारसहित २६ जनाले कुनै असहमति भएको जनाउ दिएनन । बैठकमा खरो कुरा राख्ने अनुमान गरिएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उपमहासचिव घणश्याम भुसालले पनि केही असन्तुष्टिका स्वर राख्नुभएन । एमाले नेताहरुको यो शैलीले सवै चकित परे । शीतल निवासको कारण प्रदेश ३ को मुख्यमन्त्रीमा पराजित भएको अभिब्यक्ति खुलेयाम दिनुभएकी शाक्यले समेत सर्वसम्मत निर्णय भन्दै अनुहारमा चमक ल्याउनु भएको थियो, बाहिरिने क्रममा । भुसालले पनि एमालेले सधै सर्वसम्मत गर्छ, समय त पर्याप्त छलफलका लागि मात्रै लिउको भन्ने अभिब्यक्ति दिनुभयो ।

एमाले नेताहरुको अनुसार राष्ट्रपतिमा पार्टी र सरकारको समेत नेतृत्व गरिसक्नु भएका बरिष्ठ नेता झलनाथ खनालको बिकल्पमा भण्डारीलाई अघि सार्नको बिशेष कारण रहेको छ । स्थायी कमिटीका एक सदस्यका अनुसार भण्डारीलाई निरन्तरता दिने कुरा एमालेको ‘सही समयको सही निर्णय’ हो । माओवादी केन्द्रसँग पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा रहेको बेला भण्डारीलाई निरन्तरता नदिँदा एकतामै अवरोध आउने अवस्था थियो । माओवादीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय लिइसकेको थियो भने माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक महिना अघि नै एमाले अध्यक्ष ओलीसमक्ष राष्ट्रपति, उपराष्ट्रपति दोहो¥याउनु पर्ने प्रस्ताव गरेका थिए ।

सिंगो जीवन पार्टी र आन्दोलनमा लगाएका नेतृ र नेतालाई छोटो समय राष्ट्रपति–उपराष्ट्रपति बनाएर बिदा गर्दा आन्दोलनकै अवमुल्यन हुने र देशका लागि आर्थिक भार समेत थपिने अवस्था थियो । यही आधारमा एमालेले खनाललाई अघि बढाउँदा माओवादीले उपराष्ट्रपतिमा संबिधानको ब्यवस्थाअनुसार महिला उम्मेदवार अघि सार्नु पथ्र्यो । जुन संभव थिएन । ‘सहमति भइसकेको र निर्णय लिइसकेको अवस्थामा पुनको बिकल्प थिएन,’ माओवादीका एक नेताले भने । एमाले स्थायी कमिटीमा जव माओवादीबाट पुनको उम्मेदवारी उपराष्ट्रपतिमा हुने भएकोले महिला मात्रै राष्ट्रपति बन्ने कुरा आयो, केहीले प्रदेश–३ मा मुख्यमन्त्रीका लागि भएको संसदीय दलको चुनावमा डोरमणि पौडेलसँग चुनाव हार्नुभएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम अघि सारे । तर जस्ले अघि सारे, उनीभन्दा बाहेक यो प्रस्तावमा सहमत हुन सकेनन ।

बैठकमै सहभागी शाक्य स्वयंले यस बिषयमा मुख खोल्नुभएन । यही आधारमा भण्डारीको बिकल्प छैन भन्ने निश्कर्षमा एमाले नेताहरु पुगेका हुन । राष्ट्रपतिको रुपमा समेत भण्डारीले संबिधानअनुसारको भुमिका निर्वाह गरी आफूलाई निर्विवाद राख्नुभयो । दोषी चस्मा लगाएका अशहिष्णु जमात भन्दा बाहेक राष्ट्रपतिका रुपमा भण्डारीले निर्वाह गरेको भुमिकालाई कँही कतै नराम्रो वा संबिधानबिपरित फेला पार्न सकेनन । त्यही आधारमा संबिधान कार्यान्वयनको चुनौतीपुर्ण भारी बोकेर २०७२ साल कात्तिकमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकी भण्डारीलाई नै निरनतरता दिने निर्णय एमालेले गर्यो

 

 

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेको राष्ट्रपतिमा एमालेले निर्णय लिएसँगै भण्डारी आगामी पाँच वर्षका लागि पुनः राष्ट्रप्रमुखको भूमिकामा रहने निश्चित छ । एमाले, माओवादी सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी हुने निर्णयपछि सत्तारूढ गठबन्धनको दुईतिहाइ मत पुगेको छ । फोरमले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेकै दिन एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै पुनः उम्मेदवार बनाउने निर्णय लिएको हो । नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनकी सशक्त तथा अग्रणी नेतृ भण्डारी नेपालको संविधान जारी भएलगत्तै गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्नुभयो । उहाँ गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्रपति हुनुहुन्छ ।

५ असार ०१८ मा भोजपुरको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मनु भएकी भण्डारी विद्यार्थीकालमै राजनीतिमा लाग्नुभएको थियो । बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन सुरु गरी विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट माध्यमिक शिक्षा हासिल गर्नुभएकी भण्डारीले भोजपुर क्याम्पस, भोजपुरमा आइए र महेन्द्र मोरड कलेज विराटनगरमा बिएसम्मको अध्ययन गर्नुभयो । भोजपुर क्याम्पसमा पढ्दा ०३५ सालमा तत्कालीन नेकपा ९माले० सम्बद्ध युवा लिगमा संगठित भई उहाँ ०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचाँै राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिनु भएको थियो ।

०३७ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गर्नुभएकी भण्डारी ०३६ देखि ०४४ सालसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गर्नुभयो । ०३९ देखि ०४० सालसम्म महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्ष हुनुभयो । ०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि बन्नुभएकी भण्डारी ०५० देखि ०५४ सालसम्म नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० को महिला विभाग प्रमुख हुनुभयो । ०५४ सालमा नेपालगञ्जमा भएको नेकपा ९एमाले० को छैटौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भण्डारी उपाध्यक्ष पदमा रहँदा राष्ट्रपति निर्वाचित हुनुभएको हो ।

०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निवार्चित भएर नेपाली महिला आन्दोलनको अगुवाइ गर्नुभएकी भण्डारी राष्ट्रपति निर्वाचित नहुँदासम्म महिला संघको अध्यक्षकै रुपमा रहनु भयो । उहाँ ०५९ सालमा जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो भने ०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ ०७१ सालमा काठमाडौंमा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पनि पुनः उपाध्यक्षमा निर्वाचित हुनुभयो ।

राष्ट्रपतिमा पुनः दोहोरिन लाग्नुभएकी भण्डारीको एमालेका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीसँग पार्टीकै आयोजनामा ०३९ सालमा विवाह भएको थियो । मदनको दासढुंगा दुर्घटनामा निधन भएपछि ०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौं-१ बाट कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई भारी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी बनेपछि उहाँको राजनीतिक उचाइ एकाएक बढेको हो ।

०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा ०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भण्डारी नीति निर्माणमा पनि निकै नेपाली महिला आन्दोलनमा सवैभन्दा अग्लो स्थानमा रहन सफल हुनुभएको छ ।

March 7, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *