Untitled Document

चोलेन्द्र श्रीमानले रचे न्यायिक इतिहास : प्रधानन्यायाधीशको इजलाश बहिसकार गर्ने बने पहिलो न्यायाधीश

आदेश जारी गर्दै प्रधानन्यायाधीशसँगको इजलास बहिस्कार, तथ्य–प्रमाणका आधारमा पराजुली सात महिना पहिल्यै अवकाश प्राप्त भइसकेको निष्कर्ष

काठमाडौं, फागुन २९
सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश पराजुलीले देखाएको नागरिकताअनुसार उनी गत २१ साउनमै अवकाश भइसक्नुपर्ने देखिएको जनाई न्यायाधीश राणाले इजलास बहिस्कार गरेका हुन् ।

प्रधानन्यायाधीशको नेतृत्वको पूर्ण इजलास कुनै न्यायाधीशले बहिष्कार गरेको नेपाली न्यायिक इतिहासमा यो पहिलो घटना हो । न्यायिक इतिहासमा न्यायाधीश चोलेन्द्र प्रधानन्यायाधीशले तोकेको इजलासविरुद्ध आदेश जारी गरी बहिस्कार गर्ने पहिलो हिम्मतवाला न्यायाधीश बनेका छन् । उनले प्रधानन्यायाधीश पराजुलीको साथमा बसेर न्याय सम्पादन गर्नु कानुन र सर्वाेच्चकै नजीरको बर्खिलाफ हुने भएको कारण देखाई उनले सोमबार पराजुलीसँगको इजलास बहिस्कार गरेका हुन् ।

न्यायाधीश राणाका अनुसार सर्वाेच्चको आदेशपछि प्रधानन्यायाधीश पराजुलीले सर्वाेच्चका न्यायाधीशसामु आफ्नो नागरिकतासहितको सबै प्रमाणपत्रहरू देखाएका थिए । पराजुलीले पेस गरेको नागरिकता र अन्य प्रमाणपत्रमा दुई फरकफरक जन्ममिति रहेको तथ्य प्रमाणित भयो । ‘सम्माननीय प्रधानन्यायाधीशज्यूले हामीबीच छलफल हुँदा उहाँका प्रमाणपत्रहरू देखाउनुभयो, एउटामा उहाँको जन्ममिति ०९ साल रहेछ, अर्कोमा ०११ देखियो,’ प्रधानन्यायाधीशसँगको इजलास बहिस्कारको कारण खोल्दै न्यायाधीश राणाले भने ।

सोही तथ्यका आधारमा न्यायाधीश राणाले कान्तिपुर र डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश पराजुलीकै नेतृत्वमा बनेको बृहत् पूर्ण इजलास बहिस्कार गरेका हुन् । कान्तिपुर पब्लिकेसन र डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । सो इजलासमा पराजुलीसँगै न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी रहेका थिए ।

न्यायाधीश राणाका अनुसार सर्वाेच्चको आदेशपछि प्रधानन्यायाधीश पराजुलीले सर्वाेच्चका न्यायाधीशसामु आफ्नो नागरिकतासहितको सबै प्रमाणपत्रहरू देखाएका थिए । पराजुलीले पेस गरेको नागरिकता र अन्य प्रमाणपत्रमा दुई फरकफरक जन्ममिति रहेको तथ्य प्रमाणित भयो । ‘सम्माननीय प्रधानन्यायाधीशज्यूले हामीबीच छलफल हुँदा उहाँका प्रमाणपत्रहरू देखाउनुभयो, एउटामा उहाँको जन्ममिति ०९ साल रहेछ, अर्कोमा ०११ देखियो,’ प्रधानन्यायाधीशसँगको इजलास बहिस्कारको कारण खोल्दै न्यायाधीश राणाले भने 

‘हामीले हेरेको प्रमाणका आधारमा न्यायपरिषद् ऐनको व्यवस्था अनुसार २१ साउन ०७४ मा नै उहाँको अवकाश हुनुपर्ने हो, अब अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन, म अलग रहन चाहेँ,’ न्यायाधीश राणाले भने । न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुलीलाई ‘प्रमाणअनुसार तपाईंले अवकाश पाइसक्नुपर्ने देखिएपछि तपाईसँगै बसेर न्याय सम्पादन गर्न सकिन्नँ’ भन्दै इजलास बहिस्कारको घोषणा गरी बाहिरिएका हुन् ।

कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश पराजुलीकै नेतृत्वमा बनेको बृहत् पूर्ण इजलासका एक सदस्य राणाले ‘अवकाश भइसक्नुपर्ने व्यक्तिसँग बसेर न्यायसम्पादन गर्न मिल्दैन’ भन्दै बहिस्कार गरेपछि सोमबारको इजलास नै स्थगित भएको थियो ।

मुद्दाको सुनुवाइको दोस्रो दिन सोमबार ११ बजे सुरु हुनुपर्ने इजलास सवा १२ बजेसम्म बस्न सकेको थिएन । त्यहीबीचमा इजलासका सदस्य रहेका न्यायाधीश राणा इजलासमा प्रवेश गरेर मुद्दाका सवालमा आफ्नो फरक मत राखेका हुन् । न्यायाधीश राणाले बहिस्कार गरेपछि पराजुलीले पूर्ण इजलासमा रोखका पाँच न्यायाधीशको छुट्टै बैठक बसेको थियो । बैठकले प्रधानन्यायाधीश पराजुलीको कागजातले चोलेन्द्र श्रीमान्को कुरा सही देखिएको भन्दै विपक्षमा नजाने सहमति जनाएका छन् ।

न्यायाधीश राणाले बहिस्कार गरेपछि पराजुलीले पूर्ण इजलासमा रोखका पाँच न्यायाधीशको छुट्टै बैठक बसेको थियो । बैठकले प्रधानन्यायाधीश पराजुलीको कागजातले चोलेन्द्र श्रीमान्को कुरा सही देखिएको भन्दै विपक्षमा नजाने सहमति जनाएका छन् 

‘पाँचै जना श्रीमान्को बैठकले चोलेन्द्र श्रीमान्को विरुद्ध नजाने सहमति त गर्नुभयो, तर उहाँहरूमाथि अर्काे एक न्यायाधीश थपेर मुद्दा आफूले भनेअनुसार टुंगो लगाउनुपर्छ भन्ने पराजुली श्रीमान्को दबाब छ,’ सर्वाेच्चका एक न्यायाधीशले भने । उनका अनुसार प्रधानन्यायाधीश पराजुलीले आफूमाथि आफैले विश्वास गरेर इजलासमा राखिएको न्यायाधीश लागेको भन्दै राणाविरुद्ध नै अदालतको अवहेलना मुद्दा दर्ता गराउने प्रयाशमा छन् ।

कम्तिमा ६ महिना त थुन्नै पर्छ भन्ने पराजुली श्रीमान्को अडान छ, उहाँले त्यसैअनुसार फैसला पहिला नै तयार पारेको आशंका अन्य श्रीमान्मा रहेको छ

‘सोमबार दिनभर केही कानुन व्यवसायीमार्फत चोलेन्द्र श्रीमान्कै विरुद्ध अदालतको मानहानि मुद्दा दर्ता गराउने प्रयाश भयो, तर साँझसम्म दर्ता हुन सकेन,’ ती न्यायाधीशले भने । उनका अनुसार प्रधानन्यायाधीश पराजुली राणाको स्थानमा न्यायाधीश मीरा खड्कालाई समावेश गरी पूर्ण इजलास बनाउने र अदालतको अवहेलनामा आफूले भनेअनुसारको सजाय गरेरै छाड्ने अडानमा रहेका छन् ।

‘कम्तिमा ६ महिना त थुन्नै पर्छ भन्ने पराजुली श्रीमान्को अडान छ, उहाँले त्यसैअनुसार फैसला पहिला नै तयार पारेको आशंका अन्य श्रीमान्मा रहेको छ,’ उनले भने ।

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *