Untitled Document

तरलता अभावमा बैंकले कर्जा दिन छाडे : २८ वाणिज्य बैंकबाहेक अरु सबै बैंकको नयाँ कर्जा लगानी ठप्प

काठमाडौं, २९ फागुन

लगानीयोग्य पुँजी अभावमा बैंकले कर्जा दिन छाडेका छन्। २८ वाणिज्य बैंकबाहेक अरु सबैले कर्जा रोकेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तरलता अभावमा नयाँ र ठूला कर्जा प्रवाह रोकिएको जानकारी दिए। ‘लगानीयोग्य पुँजीको अभाव अहिले पनि उस्तै छ,’ उनले भने, ‘तर, पछिल्लो समय क्रमिकरुपमा सुधार भने आएको छ।’

अहिले बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात सीसीडी रेसियो ७९ प्रतिशतभन्दा माथि छ। बैंकहरुले सीसीडी ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ। ८० प्रतिशत सीसीडी रेसियो नघाउनेले जरिवाना तिर्नुपर्छ। यसले गर्दा बैंकले नयाँ कर्जा लगानी ठप्प पारेका हुन्।

धेरैजसो बैंकको सीसीडी रेसियो ७९ प्रतिशतभन्दा माथि पुगेपछ लगानी रोकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘राष्ट्रिय वाणिज्य बैंकबाहेक अधिकांश बैंक कर्जा प्रवाह गर्न सक्ने अवस्गामा छैनन्।,’ उनले भने, ‘समग्रमा वित्तीय बजार नै लगानीयोग्य पुँजी अभावमा छटपटाइरहेको छ।’ अन्नपूर्ण

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *