Untitled Document

प्रधानमन्त्रीको घोषणा : अव छिट्टै सरकार विस्तार हुन्छ, मुलुकमा राजनीतिक स्थायित्व हुन्छ

काठमाडौं, फागुन २९

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यबस्था गरेका निर्वाचनहरु अब अन्तिम चरणमा पुगेकोले यसबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनु भएको छ ।

राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अव लोकतान्त्रिक गणतन्त्रले समृद्धि दिने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले निर्वाचनबाट संस्थाहरुको मर्यादा भन्दा पनि स्वार्थमा लाग्ने प्रवृतिको अन्त्य भएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले अव छिट्टै पुर्णता पाउने जानकारी पनि दिनुभयो । ‘सरकारको विस्तार अब छिट्टै हुन्छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
यसैगरी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अब मुलुक आर्थिक विकास र समृद्धिको अभियानमा अघि बढ्ने बताउनु भयो । ‘अब मुलुकमा राजनीतिक स्थायित्व हुन्छ, मुलुक आर्थिक विकास र समृद्धिको अभियानमा अघि बढछ,’ मतदानपछि दाहालले भन्नुभयो ।

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *