Untitled Document

नेपालबिरोधी गतिबिधिमा खुलेयाम लागे माओवादी नेता बर्षमान पुन : माओवादीभित्र मच्चियो खैलाबैला

काठमाडौं, फागुन २९

सत्तारुढ नेकपा माओवाद केन्द्रका नेता तथा पूर्वमन्त्री बर्षमान पुन नेपालबिरोधी गतिबिधिमा खुलेयाम लाग्नुभएको पाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा बरिष्ठ मन्त्रीको हैसियतमा जान लागेका नेता पुनले सोमवार भएको युएस बंगला बिमान दुर्घटनामा बिदेसी हवाई कम्पनी प्रमुखले नेपालमाथि गरेको आपत्तिजनक टिप्पणीलाई शेयर गर्नुभएपछि उहाँको नेपालबिरोधी अभियानको पर्दा खुलेको हो ।

पुनले मंगलवार दिउसो शेयर गरेको समाचारमा दुर्घटनाग्रस्त बिमानका प्रमुखले नेपालको अन्तराष्ट्रिय बिमानस्थलको कारण दुर्घटना भएको भन्दै आपत्तिजनक अभिब्यक्ति दिएका थिए । बिमानस्थल कन्ट्रोल रुमले दिएको निर्देशन नबुझी गलत दिशाबाट अवतरण गर्दा बिमान दुर्घटना भएपनि बिमान कम्पनी प्रमुखले नेपालको बिमानस्थललाई दोषी देखाएकोमा प्रतिवादको साटो पुनले समर्थन गर्नुभएको सो घटनाले प्रष्ट पारेको छ ।

पुनको यस्तो कामपछि माओवादीभित्रै खैलाबैला मच्चिएको छ । ‘उहाँले किन यस्तो आपत्तिजनक काम गर्नुभयो ? हामी बुझ्दै छौं, आजै हामी अध्यक्ष प्रचण्डलाई जानकारी गराउने छौं,’ माओवादीका एक नेताले भने ।

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *