जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार ०७:२१

महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय, यस्तो छ सजाय


 

काठमाडौं, कात्तिक ९ । यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।

महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रवार सरकारी वकिलको कार्यालयमा रासहितको प्रतिवेदन बुझाएको हो ।
तिहार बिदाका कारण आइतवारदेखि अदालत बन्द हुने भएकाले आगामी विहीवार प्रतिवेदनको विषयमा निर्णय हुनेछ ।

पीडित सांसद सचिवालयकी कर्मचारीको उमेर १८ वर्षभन्दा माथि रहेको र उनीमाथि बलात्कार प्रयास भएको आरोप लगेकाले पुष्टि भए महारालाई साढे तीनदेखि पाँच वर्षको सजाय हुनेछ ।

प्रहरीले एउटै कार्यस्थल/कार्यक्षेत्रमा कार्यरत कर्मचारीमाथि करणीको प्रयास आरोपमा पनि अभियोग दावी गरेको छ । जसअनुसार दुई वर्षसम्म कैद सजाय र २० हजार रुपैयासम्म जरिवाना हुन सक्छ ।