जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १२:५२

समातिए राष्ट्रपति–प्रधानमन्त्रीको फोटो जोडर आपत्तिजनक पोष्ट गर्ने हेडमास्टर


सिन्धुपाल्चोक, वैशाख २४

सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला माविका प्रध्यानाध्यापकलाई प्रहरीले पक्राउ गरेको हो ।

तस्बिर अतिरन्जित गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । अपराध महाशाखाले प्रक्राउ गर्ने निर्देशनपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।