जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १२:५८

सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गरेको छ : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सरकारलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ओली सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गरेको भन्दै प्रचण्डले धन्यवाद दिनुभएको हो ।
सरकारको नीति तथा कार्यक्रममाथि आज संसदमा भएको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिनुभयो । सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको छ, यस्को लागि सरकारलाई धन्यवाद छ,’ प्रचण्डले भन्नुभयो ।
उहाँले सरकारले काम नगरे खतराको घण्टी बज्ने पनि बताउनु भयो । हिजो जस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने उहाँको भनाई छ । ‘जनतामा अहिले पनि सरकारसँग आशा छ । उनीहरु बढो भरोसाका साथ हामीतिर हेरिरहेका छन, अब हामीले हिजोको जस्तै त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । अब नेपाली जनता र सबै राजनीतिक पार्टीले सपना देख्नुपर्ने बेला आएको समेत प्रचण्डले बताउनु भयो ।
‘विकासको कुरा स्वैरकल्पना जस्तो मात्र लाग्ने गरेको छ, नेपालमा अन्तराष्ट्रिय हवाइमार्ग र ठूलाठूला परियोजना बन्ने कुरा जनतालाई आश्वासन दिएको जस्तो मात्र लाग्छ तर, त्यसो होइन, अब सबै नेपाली जनता र सबै राजनीतिक पार्टीले यस्तो खाले सपना देख्न थल्नुपर्ने भएको छ,’ प्रचण्डको भनाई थियो ।
उहाँले विकास निर्माण र समृद्धिका लागि ठूलाठूला लक्ष्य राखेर अघि बढ्नु पर्ने धारणा पनि राख्नुभयो ।
‘प्रतिपक्षका साथीहरुलाई संका लागेको छ । उहाँहरुले नीति तथा कार्यक्रममा भएको काम हुनै नसक्ने भन्नुभएको छ, त्यो प्रतिपक्षको धर्म, कामभित्रै पर्छन । त्यो स्वभाविक हो । उहाँहरुको भनाइलाई मध्यनजर गर्दै काममा अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।