जनता टाइम्स

९ कार्तिक २०७६, शनिबार १६:१२

सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका नेताहरु जव एकसाथ नाच्न थाले (फोटो फिचर)


काठमाडौं, कात्तिक ९ । दोलखाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरुले आज काठमाडौंमा चियापान आयोजना गरी राजनीति भन्दा जिल्लाको बिकाश र सहकार्य रहेको सन्देश दिएका छन । सत्तारुढ र प्रतिपक्षी नभनी प्रतिनिधिसभाका सांसददेखि प्रदेशसभामा रहेका सवै सांसदहरु एक ठाउँमा चियापानमा नाचगानसहित यस्तो सन्देश दिएका हुन । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पार्वत गुरुङको संयोजनमा भएको चियापानमा कांग्रेस नेता जीपछिरिङ लामादेखि कांग्रेसका दोलखा जिल्ला सभापति रुद्रबहादुर खडकासम्म सहभागी भइ नाचगान गरेर दोलखाका राजनीतिक दलहरु एक ठाउँमा रहेको सन्देश दिनुभयो ।

तस्विरमा यस्तो देखियो दोलखाली सांसदहरुको चियापान