जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १३:३३

साओमीकाे ‘रेडमी वाई ३’ नेपालमा सार्वजानिक


काठमाडौं, बैशाख २४

चिनियाँ टेक कम्पनी साओमीले रेडमी वाई ३ नेपालमा सार्वजानिक गरेको छ । रेडमी नोट ७ सिरिजको शुरुवातसँगै औरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ । रेडमी वाई ३ को पछिल्लो भागमा प्रिज्म जस्तै माइक्रोलाइन छ ।

रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रिएटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ ।

रेडमी वाई ३ स्मार्टफोनमा ६.२६ इन्चको एचडी प्लस डट नोच डिस्प्लेका साथमा कोर्निङ गोरिला ग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथ अद्भूत अनुभव प्रदान गर्दछ । एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक रंगमा उपलब्ध रेडमी वाई ३ ले व्यक्तित्व विस्तार गर्न मद्दत गर्ने कम्पनीको भनाइृ छ ।

रेडमी वाई ३, ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि रु १८,४९९ र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि रु २१,४९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।