जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १४:२१

के भयो सुन तस्करी भन्ने कांग्रेसलाई प्रधानमन्त्री ओलीको जवाफ : पहिले थियो, अहिले बन्द भयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी पहिला भइरहेको तर अहिले रोकिएको ठोकुवा गर्नुभएको छ । संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो भनाई राख्नुभएको हो ।

‘के भयो सुन तस्रकी भन्छन, पहिला भइरहेको रहेछ, अहिले बन्द भयो, तस्करहरु जेलमा छन, तिनीहरुकै बयानअनुसार पहिलाको सरकारको पालामा खुरुखुरु तस्करी भइरहेको रहेछ, तर अहिले बन्द भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।