Untitled Document

दुर्घटनामा एक सैनिकको मृत्यु

बर्दिया । मोटरसाइकल दुर्घटनामा परी एक सैनिकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका प्युठ अनिल बूढा क्षेत्रीको मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा परी सख्त घाइते भएका बूढाको उपचारका लागि भुरीगाउँतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनी प्युठ रवीन्द्र धनाडीले चलाएको भे ४ प ५०६७ को मोटरसाइकलको पछाडि बसेर गएका थिए ।

दुर्घटना परी घाइते भएका चालक धनाडीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुबैजना नसिङ्दल सुर्खेतमा दरबन्दी भई स्थानीय निर्वाचनमा खटिएका सैनिक रहेको बुझिएको छ ।

२६ जेष्ठ २०७४, शुक्रबार १८:२३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *