जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार ०७:३५

बञ्चरो प्रहार गरी छिमेकीको हत्या


कैलाली, कात्तिक १२  । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।
स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु¥याएपछि उनको मृत्यु भएको उहाँले बताउनुभयो । मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।