जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार ०९:३८

प्रधानमन्त्रीले दुई जना बहिनीसँग भाइटीका लगाउने


काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउँदै हुनुहुन्छ ।

दिउँसो साढे १२ बजेपछि बालुवाटारमै भाइटीका लगाउने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । टीकाको उत्तम साइत एघार बजेर पचपन्न मिनेटका लागि तोकिएको भए पनि आज दिनचर नै भाइटीका लगाउन मिल्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।