जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १५:४५

यस्तो रह्यो नेकपा नेतृ शान्ता चौधरीको भाइटिका


दाङ, कात्तिक १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले गृहजिल्ला दाङमै भाइटिका लगाउनु भएको छ । नेतृ चौधरीले आफ्ना दाजु रामप्रसाद चौधरीलाई आज साइतमै भाइटिका लगाउनु भएको हो । सम्पुर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित भाइटिका लगाएको नेतृ चौधरीले जनताटाइम्सलाई बताउनु भयो । ‘साइतमै दाजुलाई टिका लगाएर सम्पुर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरें, साथसाथै सरकारले अघि बढाएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा पुग्न सवैलाई प्रेरणा मिलोस भन्ने कामना पनि गरेको छु,’ नेतृ चौधरीले भन्नुभयो ।