जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १६:२३

सिंगो देशको समृद्धिको कामना गर्दै नेकपाका नेता देवी–बिशाल खडकाले मनाए भाइटिका


काठमाडौं, कात्तिक १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवी खडकाले प्रदेश सांसद रहेका भाई बिशाल खडकालाई टिका लगाई भाइटिका मनाउनु भएको छ । नेकपा दोलखाको इञ्चार्ज समेत रहनुभएकी नेतृ खडकासहित अर्की दिदी दुर्गा खडकाबाट बिशालले टिका ग्रहण गर्नुभएको हो ।

काठमाडौंमा दुवै दिदीबाट टिका ग्रहण गरेपछि बिशालले सिंगो मुलुकको समृद्धिको कामना गरेको जनताटाइम्सलाई बताउनु भयो । ‘हामी दीीद भाई सवैले मुलुक र मुलुकवासीको सुख, शान्ति र समृद्धिको कामना गरेर भाइटिका मनायौं,’ प्रदेशसभा सदस्य बिशाल खडकाले भन्नुभयो ।