जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १७:५२

एक नेपाली जसले सात महिनामा १४ हिमाल चढेर विश्वलाई बनाए चकित


काठमाडौं, कात्तिक १२

नेपाली पर्वतारोही तथा पूर्व बेलायती जलसेना अधिकारी निर्मल पुर्जाले सात महिनाको अबधिमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर किर्तिमान कायम गरेका छन् ।

सोमबार चीनको शिशिपाङ्मा हिमाल आरोहण गरेपछि पुर्जाले १४ हिमालको विश्व किर्तिमान पुरा गरेका हुन् । यसअघि पोल्यान्डका आरोही जर्जी कुकुजाले सन् १९८७ मा यी सबै हिमाल आरोहण गरेका थिए । तर, उनको रेकर्ड आठ वर्षको थियो ।

छत्तीस वर्षीय निर्मल सन् २००३ मा बेलायती सेना भर्ती भएका हुन् । उनी सन् २००९ मा जलसेनामा आबद्ध भएका थिए । उनले यही अप्रिल महिनामा नेपालबाट आफ्नो अभियान सुरू गरेका थिए । त्यसलगत्तै मे महिनामा सगरमाथा आरोहण गरेका थिए ।

सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो । नेपालले चीन सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए ।

निर्मलले सात महिनामा चढेका १४ हिमालहरु (मितिसहित)

  1. नेपालको अन्नपूर्ण अप्रिल २३
  2. नेपालको धौलागिरी मे १२
  3. नेपालको कञ्जनजङ्गा मे १५
  4. नेपालको सगरमाथा मे २०
  5. नेपालको लोत्से मे २२
  6. नेपालको मकालु मे २४
  7. पाकिस्तानको नाङ्गापर्वत जुलाई ३
  8. पाकिस्तानको जी १ जुलाई १५
  9. पाकिस्तानको जी २ जुलाई १८
  10. पाकिस्तानको के २ जुलाई २४
  11. पाकिस्तानको ब्रोड पिक जुलाई २६
  12. चीनको छो यू सेप्टेम्बर २३
  13. नेपालको मनास्लु सेप्टेम्बर २७
  14. चीनको शीशापाङ्मा अक्टोबर २९