Untitled Document

प्रधानमन्त्री देउवाको घुमाउरो प्रस्ताव–राजपाले चुनावमा भाग लिने लिखित प्रस्ताव गरे दुई र पाँच नम्बर प्रदेशको चुनाव सार्न सकिने

काठमाडौ । दोस्रो चरणको चुनावमा पनि भाग नलिने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको राजपालाई मनाउन सरकारले विभिन्न प्रस्ताव अगाडि सारिरहेको छ ।

आफूहरुको माग संम्बोधन नगरेको र सरकारले आश्वाशन मात्र दिएको भन्दै राजपा र सरकारबीच बसेको पटक पटकको वार्ता बीना निष्कर्ष टुंगिने गरेको छ । तर सरकारले माग संम्बोधन नगरेपछि वार्ताको औचीत्यता सकिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाले चुनावमा भाग लिने लिखित बाचा गरे प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव राखेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले घुमाउरो रुपमा यस्तो प्रस्ताव गरेका हुन् । देउवाले राजपालाई चुनावबाट बाहिर राख्दा मधेशको लगभग एक हिंसा चुनावमा नआउने र दिर्घकालीन रुपमा देशमा शान्ति स्थापना नहुने भन्दै यस्तो प्रस्ताव राखेको बैठकमा सहभागि एक नेताले बताए ।

ती नेताका अनुसार उता प्रमुख विपक्षी नेकपा एमालेले भने फेरि चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । साथै स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्तावको पनि बैठकमा विरोध भएको नेताले बताए ।

२७ जेष्ठ २०७४, शनिबार १२:४५मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *