जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १९:२६

सांसदले नामै किटेर भष्ट्राचारी भनेपछि…


शान्तिराम कार्की/काठमाडौं

सरकारको नीति तथा कार्यक्रम पारित गर्ने गरी मंगलबार बसेको संसदको बैठकमा अनौठो दृश्य देखियो । सांसदको जवाफ दिन रोष्टममा पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो,‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु ।’

उहाको यो अभिव्यक्ति आउने वित्तिकै नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले नियमापत्ति जनाउनु भयो । उहाले प्रधानमन्त्रीले आफुहरुलाई अपशब्द प्रयोग गरेको भन्दै विरोध जनाउनु भयो । त्यसपछि नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले पनि अपशब्द बोलेको भन्दै सो शब्द हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्नुभयो ।

त्यसविचमा सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानकषर्ण भएको भन्दै बस्न आग्रह गर्नुभयो । त्यस बेलासम्म नेपाली कांग्रेसका अधिकाशं सासंद उठेर विरोध जनाईरहनु भएको थियो । सभापति शेरबहादुर देउवा, प्रकाशमान सिहं लगायतका नेताहरु भने उठ्नु भएको थिएन् ।

सभामुखले ध्यानाकर्षण भएको बताउनु भयो । रोष्टममा उभिरहनु भएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिनुभयो । त्यसपछि केही समय प्रधानमन्त्री र कांग्रेसका सांसदविच जुहारी नै चल्यो । प्रधानमन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिन्छु भन्नुभयो । तर, कांग्रेसले टेवुल ठटाउदै विरोध गरिरह्यो ।

सभामुखले ध्यानकर्षण भएको र सो शब्द हटाउने वा नहटाउने पछि निर्णय गर्ने अहिले प्रधानमन्त्रीलाई जवाफ दिन दिनुहोस् भनेर भन्नुभयो । तर, कांग्रेसका सांसदले उठेर विरोध गरिरहे । त्यसबेलासम्म अन्य सांसदले देउवालाई समेत हात समाएर उठाईसकेका थिए । सभामुखले पटक पटक आग्रह गर्दा पनि कांग्रेसका सांसद नबसेपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले जवाफ दिनुभयो ।

यो परिदृश्य कहाबाट शुरु भयो भन्ने कुरा महत्वपूर्ण छ । जसले शुरुमा नियमापत्ति जनायो, उसैको प्रश्नबाट यो अवस्था श्रृजना भएको देखिन्छ । मिन विश्वकर्मा नेपाली कांग्रेसका सांसद हुन् । उनि समानुपातिकतर्फ दलितको कोटाबाट सांसद भएका व्यक्ति हुन् ।

प्रधानमन्त्रीलाई मर्यादा सिकाउने विश्वकर्माले प्रधानमन्त्रीकै अपमान हुने गरी यसरी प्रश्न सोध्नुभएको थियो,‘सम्माननीय प्रधानमन्त्री ज्युले कोशीमा एकपटक के स्टीमर देख्नुभएछ बारम्बार पानीजहाजको गीत गाइराख्नुभएको छ । त्यो स्टीमर २०६१ सालदेखि स्थानीयबासिले सञ्चालन गरेका हुन् । पाइपबाट भान्सामा ग्यास कहिले आउँछ ? भ्रष्टाचार गर्दिनँ भन्नुभएको छ २५ अर्बभन्दा माथिको ठेक्कापट्टा प्रधानमन्त्रीले मात्रै लगाउने नियम बनाइएको छ । अब भ्रष्टचार प्रधानमन्त्री आफैंले गर्ने हो कि अरुलाई गर्न दिने हो स्पष्ट पारिदिनुहोला ।’

सांसद विश्वकर्माले प्रधानमन्त्रीलाई स्पष्ट रुपमा संसदमा भष्ट्रचारी भन्नुभएको छ । कुनै अदालत, निकाय वा अख्तियारको छानविन गर्ने कुनै पनि निकायले प्रमाणित नगरेको विषयमा उहाले सिधै प्रमाणित गरेर भष्ट्रचारी भन्नुभएको हो ।

सोही विषयमा प्रधानमन्त्री ओलीले माथीका शब्द प्रयोग गर्नुभएको हो । उहाले यस्ता आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको जवाफ दिन्न भन्नुभयो । तर विश्वकर्माले शुरुमा आपत्ति जनाउनुभयो । उहालाई लाग्यो यी कुरा प्रधानमन्त्रीले मलाई नै भनिएको हो भनेर । नभए प्रधानमन्त्रीले त यस्ता अभिव्यक्तिको उत्तर नदिने बरु अन्य प्रश्नको उत्तर दिने भन्नुभएको थियो ।

तर, इतिहासमै कमजोर भएको नेपाली कांग्रेसले आफ्नो निरिहपन पुनः संसदमा देखायो । र भन्यो, ‘संसदीय मर्यादा कायम गर, कायम गर ।’ कस्तो मर्यादा कायम गर्ने हो । कसले कसलाई संसदमा कुन शब्द प्रयोग गर्ने हो हेक्का राख्नु पर्ने अवस्था देखिन्छ ।